समाज


पूर्वराजा ज्ञानेन्द्र सहभागी कुम्भ मेला बन्याे कोरोनाको हटस्पट, १२ सय संक्रमित भइसके

पूर्वराजा ज्ञानेन्द्र सहभागी कुम्भ मेला बन्याे कोरोनाको हटस्पट, १२ सय संक्रमित भइसके

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ७:४०,

भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा ज्ञानेन्द्र शाहलाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो। उनलाई शाही स्नानको लागि स्वामी कैलाशानन्द गिरीले निमन्त्रणा दिएका थिए।

हाल सोही मेला कोरोना भाइरसको हटस्पट बनेको देखिएको छ। दुई महिनासम्म यो मेला चल्नेछ। हालसम्म १२७८ मा कोरोना पुष्टि भइसकेको हो।

मेलाका क्रममा भक्तजनहरुले गंगा नदीमा स्नान गरेर पाप पखाल्ने विश्वास गरिन्छ। मेलामा यसैहप्ताको मंगलबार एकैदिन मात्र ३० लाखले स्नान गरेका थिए।

टाइम्स अफ इन्डियाका अनुसार भीडमा रहेर लाखौंले एकैदिन स्नान गर्न थालेपछि यहाँ कोरोनाको संक्रमण तीव्र रुपमा देखिएको छ।

समय बाँकी रहेकाले अझै लाखौं मानिसले यहाँ आएर स्नान गर्नेछन्। उसैपनि भारत अहिले कोरोना भाइरसको केन्द्र हो।

यहाँ हरेकदिन एक लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका छन्। गएको २४ घण्टामा त भारतमा २ लाखभन्दा बढी संक्रमित थपिए।

कोरोनाविरुद्धको खोप कार्यक्रम जारी रहँदा पनि कोरोनाको संक्रमण दर उच्चस्थानमा पुगेको देखिएको छ।

यहीबीचमा कुम्भ मेला आयोजना भएपछि भारतमा कोरोनाको अवस्था भयावह बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .