खोटाङ र संखुवासभामा भएको आगोलागीबाट लाखौको क्षति भएको छ।
आगलागीबाट संखुवासभामा तीन र खोटाङमा एक घरमा आगलागी भएको हो।
सोमबार दिउँसो २ बजे संखुवासभा धर्मदेवी ६ हुङबुङका नर बहादुर थायुम राईको घरबाट सल्लेको आगोले सलमान जिमीको घर र ईन्द्र बहादुर जिमीको कटेरो समेत ध्वस्त भएको छ।
उक्त आगोबाट ३ वटा घर बाख्रा ८ वटा, सुँगुर १ गरी अन्दाजी ३५ लाख २९ हजार बराबरको क्षति भएको छ। आगोलागीको कारण भने खुल्न सकेको छैन्।
सो आगो प्रहरी र स्थानीयको सहयोगमा बेलुका ६ बजे सूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
त्यस्तै गत राति सवा २ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ ज्यामिरेका कुलमान चुहानको घर र गोठ गुवालीमा आगोलागी भएको छ।
उक्त आगलागीमा परेर घर, गोठसहित २० बाख्रा, २ भेडा र ११ वटा कुरा जलेर मरेको प्रहरीले जनाएको छ। उक्त आगलागीमा मानवीय क्षति भने नभएको र आगो प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रतिक्रिया