समाज


बसपार्कमा अभद्र गतिविधि गरेको आरोपमा तीन पक्राउ

बसपार्कमा अभद्र गतिविधि गरेको आरोपमा तीन पक्राउ

नेपालखबर
चैत ३०, २०७७ सोमबार १६:१७,

काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कमा हो–हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको छतिवन नगरपालिका–९ घर भई हाल बूढानीलकण्ठ बस्ने वर्ष ३४ को निमा लामा, नुवकोटको ताँदी गाउँपालिका–२ घर भएका वर्ष २८ को प्रकाश तामाङ र धादिङ्ग रोराङ नगरपालिका–२ घर भएका वर्ष ३१ को बिनोद लामा रहेका छन्।

उनीहरुले हो–हल्ला गरी सबै साधारण मानिस, महिला तथा बालबालिकाहरुलाई अश्लिल गाली गलौज, डर त्रास, धाक धम्की दिई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।

उनीहरु उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad