हरिद्वार महाकुम्भको निम्तो मान्न भारत गएका पूर्वराजा ज्ञानेन्द्र शाह आज हरिद्वार पुगेका छन्।
त्यहाँ उनलाई निरञ्जनी अखडाका सन्तहरुले भव्य स्वागत गरेको भारतीय मिडियाले जनाएका छन्।
निरञ्जन पीठाधीश्वार कैलाशानन्द गिरीको निमन्त्रणामा भारत गएका उनले हरिद्वारस्थित दक्षिणकाली मन्दिरमा पूजा अर्चना गरेका छन्। त्यसलगत्तै ज्ञानेन्द्रले सन्तहरु र महामण्डलेश्वरसँग भेटघाट गरे।
पीठाधीश्वर गिरीका अनुसार ज्ञानेन्द्रले भोलि शाही स्नान गर्नेछन्। भोलि हरिद्वारको अपररोडमा कुनै पनि सवारीसाधन चल्नेछैनन्।
भोलि र त्यसको दुई दिनपछि महाकुम्भमा शाही स्नान चल्नेछ।

प्रतिक्रिया