काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा भएको आगलागी नियन्त्रणमा लिन नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएकाे छ।
काठमार्डौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सेनाका हेलिकप्टरले अहिले रेकी गरिरहेको बताउँदै आगो नियन्त्रणउन्मुख रहेकाे बताए।
आइतबार बिहान ११ बजेबाट बूढानीलकण्ठ नगरपालिका–१ तौलुङबाट सुरु भएको आगलागी क्रमशः फैलिँदै गएकोले हेलिकप्टरबाट पानी खसाल्ने तयारी भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले सेनाको हेलिकप्टरबाट पानी खसाल्ने तयारी भइरहेको नेपालखबरलाई जानकारी दिए।
प्रजिअ पराजुलीका अनुसार अहिले स्थानीय, सेना, प्रहरी, सशस्त्रलगायतको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
आगो नियन्त्रणका लागि अहिले चारवटा दमकल परिचालन भएको उनले बताए।
‘निकुञ्जको जंगलमा फैलिएको आगो नियन्त्रणका लागि अहिले सेना, प्रहरी, सशस्त्रसहितको टोली परिचालन गरेका छौँ’, प्रजिअ पराजुलीले नेपालखबरसँग भने, ‘चारवटा दमकलको प्रयोग गरेका छौँ।’
यो पनि –
नागार्जुनको जंगलमा भीषण डढेलो, नियन्त्रणका लागि चार दमकलसहित सेना–प्रहरी परिचालन (भिडिओ)

प्रतिक्रिया