कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।
बुधबार सूचना प्रकाशित गरी मन्त्रालयले स्वास्थ्य मापदण्डको बढ्दो उल्लंघन तथा कोरोनाको बेलायत भेरियन्टको बढ्दो संख्यालाई ध्यानमा राखेर बढी भिडभाड हुने स्थानमा कडाइ गर्न आग्रह गरेको छ।
मन्त्रालयले रात्रीकालिन व्यवसाय राति नौ बजेपछि पूर्णरुपमा बन्द गर्न आग्रह गरेको छ। यस्तै, बढी भिडभाड हुने शैक्षिक संस्था, यातायात, मन्दिर, सिनेमाघर, पार्टी प्यालेसलगायतका स्थानमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।
यस्तो छ सूचना
3
Shares
प्रतिक्रिया