समाज


एसियाली महिलामाथि आक्रमण हुँदा माैन बस्ने दुई सुरक्षा गार्ड जागिरबाट निकालिए

एसियाली महिलामाथि आक्रमण हुँदा माैन बस्ने दुई सुरक्षा गार्ड जागिरबाट निकालिए

नेपालखबर
चैत २५, २०७७ बुधबार १२:३५,

उनीमाथि एक अश्वेत व्यक्तिले लात्ता र मुक्का प्रहार गरेका थिए। उक्त आक्रमणबाट ती महिला घाइते हुँदै भुइँमा लडेकी थिइन्।

एउटा डिपार्टमेन्ट स्टोर अगाडि ती महिलामाथि आक्रमण भएको थियो। त्यसबेला सो डिपार्टमेन्ट स्टोरका दुई सुरक्षागार्ड त्यहीँ थिए।

महिलामाथि आक्रमण भइरहँदा उनीहरु चुपचाप बसेको भिडिओ सार्वजनिक भएको थियो। त्यो आक्रमणकारी ब्रान्डन इलिएट भएको प्रहरीले बताएका छन्।

३८ वर्षका उनलाई हिरासतमा लिइसकिएको छ। यतिबेला डिपार्टमेन्ट स्टोरका दुई गार्डलाई भने जागिरबाट निकालिएको छ।

महिलामाथि आक्रमण भइरहँदा उनीहरु चुप बसेको र महिलाको सुरक्षाको लागि केही नगरेको भन्दै दुई जनालाई जागिरबाट हटाइएको सीएनएनले जनाएको छ।

(भिडिओ)

यो पनि: अमेरिकामा जातीय हिंसाबारे प्रख्यात डिजाइनर प्रबल गुरुङ भन्छन्: आमालाई खैरो विग र ह्याट लगाउनु भनें

कोरोना भाइरसको प्रकोप सुरुवात भएसँगै अमेरिकामा एसियाली अमेरिकीमाथि आक्रमण बढेको हो।

कोरोना भाइरस पहिलोपटक चीनबाट विश्वभर फैलिएको थियो। सोही कारण चिनियाँजस्ता देखिने मानिसमाथि अमेरिकामा आक्रमण नरोकिएको विभिन्न प्रतिवेदनले जनाएका छन्।

मार्च २९ मा आक्रमणको शिकार भएकी महिलाको मूल देश फिलिपिन्स भएको बताइएको छ। सो आक्रमणपछि नै चर्चित बक्सर म्यानी प्याकिओले निर्दोष एसियालीमाथि आक्रमण गर्नुभन्दा आफूसँग रिङमा भिड्न चुनौती दिएका थिए।

यो पनिः 
बेलायतमा चीनका प्राध्यापकलाई ‘चाइनिज भाइरस गेट आउट’ भन्दै कुटपिट गरियो

७६ वर्षकी चिनियाँ वृद्धामाथि अमेरिकामा आक्रमण, मुक्का प्रहार गर्ने पुरुष उल्टै अस्पतालमा

जातीय आक्रमण बढेपछि एसियाली मुलका अमेरिकी सेनाले युद्धको घाउ देखाउँदै भने...

- अमेरिकामा एसियाली–अमेरिकी महिलामाथि फेरि हिंसा, लात्ताले हिर्काइयो (भिडिओ)

- अमेरिकामा जातीय हिंसाः ६४ वर्षकी एसियाली महिलाको छुरा प्रहार गरी हत्या

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad