समाज


कोरोना भाइरसको परिवर्तित रुपले बढायो चिन्ता, खोपको प्रभाव कम हुनसक्ने!

कोरोना भाइरसको परिवर्तित रुपले बढायो चिन्ता, खोपको प्रभाव कम हुनसक्ने!

नेपालखबर
चैत २५, २०७७ बुधबार ११:१,

त्यहाँको सरकारी टेलिभिजन च्यानल एनएचकेका अनुसार कोरोनाको नयाँ प्रकारले संक्रमित बनेका व्यक्तिमा खोपको प्रभावकारीता कम हनुसक्छ।

यसको अर्थ कोरोनाविरुद्धको खोपले मानिसमा यो नयाँ प्रकारको संक्रमणलाई रोक्न सक्दैन। रोयटर्सकाअनुसार यो नयाँ प्रकारको कोरोना भाइरसको नाम E484K हो।

वैज्ञानिकहरुले यसलाई ‘ईक’ भन्ने गरेका छन्। मार्चमा टोकियो मेडिकल एन्ड डेन्टल युनिभर्सिटी मेडिकल अस्पतालमा जो कोरोना परीक्षण गराउन गए हरेक १४ मध्ये १० कोरोनाको परिवर्तित रुपबाट उनीहरु संक्रमित थिए।

उनीहरुको भ्रमण इतिहास थिएने भने उनीहरु कोरोनाको नयाँ रुपबाट संक्रमित बनेका मानिसको सम्पर्कमा पन थिएनन्।

जापानमा आगामी जुलाईबाट ओलम्पिक खेल प्रतियोगिता हुँदैछ। यसबीचमा जापान कोरोनको नयाँ लहरको सामना गरिरहेको छ। यस्तोमा कोरोनाको नयाँ रुपले जापानका वैज्ञानिक चिन्तित बनेका छन्।

डब्लूएचओका अनुसार जापानमा गत आइतबार २७ सय कोरोना संक्रमित थपिएका थिए। हालसम्म त्यहाँ कोरोनाबाट ४ लाख ८२ हजार संक्रमित भइसकेका छन्। यहाँ ९ हजारभन्दा बढीको कोरोनाले ज्यान लिएको छ।

जापानमा अहिले देखिएको कोरोनाको नयाँ प्रकार E484K यसअघि दक्षिण अफ्रिकामा देखिएको थियो। अफ्रिकामा अन्य प्रकारका कोरोना पनि देखिएका थिए।

भारतमा त एउटै कोरोनाको प्रकारले दुई वटासम्म रुप फेर्ने गरेको पाइएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाविरुद्धको खोप कार्यक्रम संचालन हुँदा समेत भारतमा तीव्र गतिमा कोरोना फैलिरहेको छ। यस्तोमा कोरोनाको नयाँ रुपकै कारण खोपले काम नगरेको हुनसक्ने बताइएको छ।

किनभने खोप लगाएका मानिस फेरि संक्रमित भएका छन्। खोप लगाएकै मानिसले कोरोनाकै कारण ज्यान समेत गुमाएका छन्। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .