समाज


दुर्घटना भएको बसका नक्कली चालक तयार गर्ने संघका प्रतिनिधि पक्राउ

दुर्घटना भएको बसका नक्कली चालक तयार गर्ने संघका प्रतिनिधि पक्राउ

नेपालखबर
चैत २२, २०७७ आइतबार १३:११,

सुनसरीमा भएको सवारी दुर्घटनामा अर्कै चालक उपस्थित गराउने यातायात व्यावसायी संघका प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कोशी यातायात प्रालिका सञ्चालक विराटनगरका जीवन खनाल, नेत्रप्रसाद पाठक र नक्कली चालक बनेका सिरहाको लाहानका अमितकुमार गुप्ता रहेका छन्।

गत चैत १२ गते सुनसरीको कोशी गाउँपालिका ८ तीनकुनेनजिक पुर्व–पश्चिम राजमार्ग सडक खण्डमा यात्रुबाहक बसको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गएको थियो।

ना ४ ख ५२९१ नम्बरको बसले पश्चिमबाट पुर्वतर्फ आई रहेको मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको थियो।

ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीमा कार्यरत ईलामको ईलाम नगरपालिका ८ तिलकेनीका प्रहरी हवल्दार मेखबहादुर राई घाईते भएका थिए।

घाईते राईको चैत १३ गते बिराटनरसिंह होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो।

घटना लगतै चालक भने फरार भएका थिए। चालकको एकिन नामथर वतन समेत खुलेको थिएन।

चालकको खोजतलास गर्ने क्रममा चैत २२ गते सिराहाको लहान नगरपालिका ८ का अमितकुमार गुप्तालाई कोशी यातायात संचालक समितिका सदस्यहरुले निवेदनसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थित गराएका थिए।

तर प्रारम्भिक अनुसन्धानका क्रममा चालकले आफू दुर्घटना गराउने गाडीको चालक नभएको बताएपछि यातायात व्यवसायीको झुट पत्ता लागेको हो।

दुर्घटना भएको बसका संचालक सिराहाका राजु थापाले ५० हजार रुपैयाँ दिएर उनलाई उपस्थित गराएको खुलेको थियो। अदालतबाट समेत छुटकारा दिलाई दिने प्रलोभनमा पारेकाले आफू उपस्थित भएको बताएका थिए।

नक्कली चालक खडा गरी प्रहरीलाई झुक्याउने कोशी यातायात प्रालि ईटहरीका कर्मचारी तथा बसका संचालक राजु थापालाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाइएको छ।

पीडित पक्षलाई क्रियाखर्च र क्षतिपुर्ति दिलाउनु पर्नेमा ढाकछोप गर्ने र वास्तबिक चालकलाई जोगाउन खोजेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad