समाज


निक्षेपकर्ताको ७९ करोड ठगीमा संलग्न गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ

निक्षेपकर्ताको ७९ करोड ठगीमा संलग्न गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ

नेपालखबर
चैत २२, २०७७ आइतबार ९:५८,

महानगरीय प्रहरी परिसर काठमाडौंले गुडविल सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई पक्राउ गरेको छ।

ललितपुरको कुमारीपाटीमा रहेको सहकारीले निक्षेपकर्ताको ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

सञ्चालक श्रेष्ठसहितका सहकारीका पदाधिकारीले निक्षेपकर्तालाई बढी ब्याज दिने आश्वासन गरेर रकम जम्मा गर्न लगाएको प्रहरीले बताएको छ।

निक्षेपकर्ताले यही चैत ५ गते किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरी सहकारी ऐन २०७४ र ठगी सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ।

श्रेष्ठलाई परिसरबाट खटिएको टोलीले शनिबार चितवनको भरतपुरबाट पक्राउ गरेको हो।

सहकारीविरुद्ध उजुरी दिनेको संख्या बढिरहेको परिसरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad