दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको गाडीभित्र ४३ लाख रुपैयाँ फेला परेको छ।
प्रहरीले नागढुंगा चेकप्वाइनटमा चेकजाँचका क्रममा गाडीमा कार्टुनभित्र ४३ लाख रुपैयाँ फेला पारेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
शनिबार प्रदेश नम्बर ३ –०१–००–६ ख ०९१२ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा बसको प्यासेजमा रहेको कार्टुनमा टेपले पुरै बेरिएको अवस्थामा उक्त रकम फेला परेको थियो।
व्यवारिसे अवस्थामा फेला पारेको उक्त कार्टुनभित्र हरियो रङको छड्के तिलहरिको पोते ९ थान र एक हजार र पाँच सद दरका नेपाली नोट फेला परेको हो।
सोधपुछका क्रममा उक्त रकम तथा सामान दाङको तुलसीपुर उप–महानगरपालिका ५ का ३७ वर्षीय सन्दिप कौशलको रहेको खुलेको थियो। उनलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ।
सन्दीपले सोधपुछका क्रममा रकमको स्रोत खुलाउन नसकेकाले रकम अवैध हुन सक्ने भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सन्दिपलाई थानकोट वृत्तको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया