ad ad

समाज


सुदूरपश्चिममा भारतबाट फर्किएका ३ जनामा कोरोनाको नयाँ ‘भेरिएन्ट’

सुदूरपश्चिममा भारतबाट फर्किएका ३ जनामा कोरोनाको नयाँ ‘भेरिएन्ट’

गोकुल जोशी
चैत २२, २०७७ आइतबार ५:२०,

सुदूरपश्चिममा भारतबाट आएका तीन जनामा नयाँ ‘भेरिएन्ट’ (प्रकार) को कोरोना संक्रमण पुष्टि भएको छ।

कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले ती तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखाएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए।

‘अहिलेको कोरोनाभन्दा फरक किसिमको कोरोना संक्रमण देखापरेको हो। भारतमा अहिले चार किसिमको कोरोना देखिएको छ,’ उनले नेपालखबरसँग भने, ‘अहिलेको भन्दा फरक कोरोना पुष्टि भएको छ। तर कुन प्रकारको हो भन्ने थाहा भइसकेको छैन। त्यो परीक्षणका लागि स्वाब विदेश पठाउनुपर्ने हुन्छ।’

उनका अनुसार केही दिनअगाडि कैलालीको त्रिनगर नाका भएर भारतबाट आएका २० जनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। उनीहरूमा देखापरेको कोरोना संक्रमण कुन भेरिएन्ट हो भनी परीक्षण गर्न स्वाब काठमाडौं पठाइएको थियो। संक्रमित अहिले होम आइसोलेसनमा बसेका छन्।

संक्रमितमध्ये दुई जना भारतको पन्जाब र एक जना सुरतबाट आएका हुन्।

अहिले भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेको छ। भारतका केही सहरमा लकडाउन गरिएकाले नेपाली नागरिक धमाधम घर फर्किरहेका छन्। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पनि बढ्दो छ।

यी पनि : 

भारतमा कोरोना बढेपछि स्वदेश फर्किनेको लर्को, सुदूरपश्चिमका दुई नाकाबाट एक सातामै आइपुगे ८ हजार

भारतमा भयावह बन्दै कोरोना संक्रमण, २४ घण्टाभित्र थपिए ९२ हजार ९९४ संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .