ad ad

समाज


ठूलोभर्‍याङमा तीन वटा गाडी ठोक्किँदा एक जनाको ज्यान गयो

ठूलोभर्‍याङमा तीन वटा गाडी ठोक्किँदा एक जनाको ज्यान गयो

नेपालखबर
चैत १९, २०७७ बिहिबार ११:५२,

काठमाडौंको ठूलोभर्‍याङस्थित सडकमा एउटा स्कुटर र दुई वटा गाडी एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।

बिहीबार बा१७ च ९२८३ नम्बरको गाडी, बा.१ ज ३८८६ नम्बरको ट्याक्सी र प्रदेश २–०२४ प ४७४२ नम्बरको स्कुटर एक–आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक काठमाडौं महानगरपालिका–१५ छाउनी बस्ने १९ वर्षीय सुजन बज्राचार्यको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

ट्याक्सी र गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .