समाज


पाँचथरमा जिप दुर्घटना, एक मृत्यु, एक जना घाइते

पाँचथरमा जिप दुर्घटना, एक मृत्यु, एक जना घाइते

नेपालखबर
चैत १८, २०७७ बुधबार ६:५३,

पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनका साथै एक जना घाइते बनेका छन्।

बुधबार बिहान ६ बजे फिदिमबाट च्याङथापुतर्फ जाँदै गरेको मे १ ज ३५६ नम्बरको जिप याङबरक गाउँपालिका ३ ओयाम यलम्बर चोकमा दुर्घटनामा परेको हो। दुर्घटनमा जिपका चालक फिदिम नगरपालिका २ पल्लोटारका ३६ बर्षीय फुलकुमार राईको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते बनेको उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै दुर्घटनामा सोही स्थानका २२ वर्षीय आशीष राई घाइते बनेका छन्। उनको बीएन्डसी अस्पताल बिर्मामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad