समाज


उपत्यकामा दुई हजार बढी चालक कारवाहीमा

उपत्यकामा दुई हजार बढी चालक कारवाहीमा

नेपालखबर
चैत १५, २०७७ आइतबार १४:३३,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सवारी जाँचका क्रममा नियम उल्लंघन गर्ने दुई हजार बढी चालकलाई कारवाही गरेको छ।

होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारवाही गरेको महाशाखाले जनाएको छ।

सो क्रममा महाशाखाबाट ९०० बढी ट्राफिक प्रहरी खटाएको जनाइएको छ। ट्राफिक व्यवस्थापनको योजना तयार गरी होलीमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहानदेखि साँझसम्मै सुरक्षा कडा पारी जाँच गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए।

होली मनाउन उच्छृृंखल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्रगति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी हुईंक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउनेजस्ता गतिविधिमा संलग्न चालक उपर निगरानी बढाई कारवाही गरिएको उनले बताए।

महाशाखाले आज मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ जनालाई कारवाही गरेको छ। विना हेल्मेट र तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लंघन गर्ने एक हजार ६०९ सवारी चालकलाई कारवाही गरिएको र होहल्ला गरी सवारी चलाउने, जबरजस्ती रंग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पाङ्ग्रे र ४६८ वटा दुई पाङ्ग्रे सवारी साधन होल्ड गरी कारवाही गरिएको महाशाखाले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा आज २१ वटा सामान्य दुर्घटनाहरू भएको महाशाखाले जनाएको छ। एयरपोर्टमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्री सितला सिंहको काठमाडौँ मेडिकल कलेजमा र बुढानीलकण्ठमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा घाइते चालकको ह्याम्स अस्पतालमा उपचार भैरहेको छ।

दुर्घटनारहित होली बनाउने विशेष योजना सहितको जाँचको क्रममा मोडिफाइ गरेको मोटरसाइकललाई कारवाही गर्दा रु ५०० दिने चाबहिलका मन्दिल श्रेष्ठलाई पक्राउ गरी कारवाहीका लागि मालीगाँउ वृत्तमा पठाएको छ भने मादक पदार्थ सेवन गरी होहल्ला गर्ने मोटरसाइकललाई कारवाही गर्न खोज्दा रु एक हजार दिन खोज्ने हरिसिद्धिका भक्तराज महर्जनलाई कारवाहीका लागि सातदोबाटो वृत्तमा पठाएको महाशाखाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad