खोपले कोरोनाबाट जोगाउने बताउँदै उनले रिपब्लिकनका समर्थकले खोप लगाउनुपर्ने बताएका हुन्।
ट्रम्पका कट्टर समर्थकहरुले हालसम्म पनि खोप अभियानलाई स्वीकार गरेका छैनन्। यसअघि ट्रम्प पनि कोरोना भाइरसलाई सामान्य रोग मात्र भएको बताउँथे।
तर पछि ट्रम्प आफैं कोरोना संक्रमित बनेका थिए। सुरुवातमा मास्क लगाउन अस्वीकार गर्ने उनले पछि मात्र मास्क लगाउन थालेका हुन्।
ट्रम्प र उनकी श्रीमती मलेनियाले गत जनवरीमै कोरोनाविरुद्धको खोप लगाएका थिए।
मंगलबार फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले आफूलाई भोट गर्ने मानिसहरुले खोप लगाउनुपर्ने बताएको बीबीसीले जनाएको छ।
‘जो खोप लगाउन चाहँदैनन् र जसले मलाई निर्वाचनमा भोट दिए म उनीहरुलाई खोप लगाउन आग्रह गर्दछु।’ उनले भनेका छन्,‘खोप सुरक्षित छ र यसले काम गर्छ।’ बीबीसी
3
Shares
प्रतिक्रिया