समाज


प्रधानमन्त्री ओलीको पहलमा पहिलोपटक शिक्षण अस्पतालमा ११ महिने बालकमा कलेजो प्रत्यारोपण

प्रधानमन्त्री ओलीको पहलमा पहिलोपटक शिक्षण अस्पतालमा ११ महिने बालकमा कलेजो प्रत्यारोपण

नेपालखबर
चैत २, २०७७ सोमबार १:२१,

शिक्षण अस्पताल महाराजगंजमा ११ महिने बालकलाई कलेजो प्रत्यारोपण गरिएको छ। बालकमा गरिएको कलेजो प्रत्यारोपण सफल भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

काभ्रे घर भएका बालकलाई उनकै ३५ वर्षीय बुवाले कलेजो दान गरेका शिक्षण अस्पताल प्रशासनले जनाएको छ। वरिष्ठ चिकित्सक डा.रमेशसिंह भण्डारी नेतृत्वको टोलीले ११ महिने बालकलाई कलेजो प्रत्यारोपण गरेको हो। भण्डारीसहित ६० जना चिकित्सक टोलीले ८ घण्टा लगाएर बालकमा कलेजो प्रत्यारोपण गरेका हुन्।

कजेजो प्रत्यारोपणका लागि फोर्टिस अस्पताल भारतका डा.विजय भिजको नेतृत्वमा चिकित्सकको टोली शिक्षण अस्पताल आएको डा.भण्डारीले जानकारी दिए।

११ महिने बालकलाई कलेजो प्रत्यारोपण गरिएको नेपालमा पहिलोपटक हो। अहिले बालक र उनका बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको डा.भण्डारीले जानकारी दिए। बालकलाई कलेजो दिने बाबुलाई आईसीयुमा राखिएको छ।

सुरुमा शिक्षण अस्पतालले बालकलाई कलेजो प्रत्यारोपणको लागि भारत रिफर गरेको थियो। यसको जानकारी अभिभावकले प्रधानमन्त्री केपी ओलीलाई गराएपछि प्रधानमनन्त्री ओलीले शिक्षण अस्पतालमै प्रत्यारोपण गर्न निर्देशन दिएका थिए। ओलीले शिक्षण अस्पतालमै प्रत्यारोपणको लागि पहल अघि बढाएका थिए।

गएको शनिबार दिउँसो २ बजे सुरु भएको कलेजो प्रत्यारोपण राति ९ बजे पूरा भएको अस्पताल प्रशासनले जनाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार बालकमा जन्मजात कलेजोमा समस्या थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad