समाज


राष्ट्रिय सेवा दलका क्याडेटहरु स्वयंसेवक भूमिकामा परिचालन

राष्ट्रिय सेवा दलका क्याडेटहरु स्वयंसेवक भूमिकामा परिचालन

नेपालखबर
चैत १, २०७७ आइतबार ११:४५,

राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त ‘एनसीसी अल्युम्नी एसोसिसयसन नेपाल’ का ७० जना पूर्व क्याडेटहरु शिवरात्रिका अवसरमा स्वयंसेवकको रुपमा परिचालन भएका नेपाल सेनाले जनाएको छ।

पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा ‘महाशिवरात्री तथा सेना दिवस–२०७७’ को अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरुको लाईन ब्यवस्थापन, पानी वितरण, वृद्ध एवं अशक्तहरुलाई स्वास्थ्यकर्मीहरुको पहुँचमा पुर्‍याउने, अभिभावकबाट छुट्टिएका बालबालिकालाई आफन्तजनसँग भेटाउने लगायतका अन्य गतिविधिमा स्वयंसेवकको रुपमा परिचालन गरिएको थियो।

सो अवसरमा पर्सा जिल्लाको जिरा भवानी गाउँपालिका–१ स्थित जिरा भवानी मन्दिर परिसर, महादेवपट्टीमा ‘एनसीसी अल्युम्नी एसोसिएसन’ का ३० जना पूर्व क्याडेटहरु सरसफाई, लाईन व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा क्याडेटहरुले ‘लागु पदार्थ दुर्ब्यसनी, ओसार पसार बिरुद्ध एक जुट हौं’, ‘महिला हिंसा विरुद्ध अवाज उठाउँ’ ‘बालअधिकारको संरक्षण गरौं’, ‘लागुऔषध रहित समाजको निर्माण हाम्रो अभियान’ र ‘स्वच्छ देश स्वच्छ मधेश’ उल्लेख भएका प्लेबोर्डहरु सहित चेतनामूलक सन्देशहरु प्रवाह गरेका थिए।

राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त एनसीसी क्याडेटहरु स्वयंसेवकको रुपमा परिचालन भई गर्ने यस प्रकारका कार्यक्रमहरुले जनचेतना फैलने साथै युवा वर्गहरुमा राष्ट्रप्रतिको आफ्नो कर्तव्य तथा दायित्वबोध हुने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad