ad ad

समाज


गाउँपालिका अध्यक्ष नै फोन गर्न रुख चढ्छन्

गाउँपालिका अध्यक्ष नै फोन गर्न रुख चढ्छन्

नेपालखबर
फागुन २९, २०७७ शनिबार ०:४१,

हुम्लाको चंखेली गाउँपालिकामा मोवाइलले काम नगर्दा स्थानीय समस्यामा पर्दै आएका छन्। टेलीफोन गर्न गाउँबाट २ घण्टा टाढा पुग्नुपर्ने बाध्यता छ।

नजिकै टावर नहुँदा मोवाइलमा नेटवर्कको समस्या हुने गरेको चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले बताए। ‘घरमा बसेर मोवाइलमा कुरा गर्न सकिँदैन,’ अध्यक्ष चौलागाईंले भने, ‘मोवाइलबाट कसैसँग कुरा गर्नुपर्यो भने कि दुई घण्टा टाढा पुग्नुपर्छ, कि रुखको टुप्पोमा पुग्नुपर्ने बाध्यता छ।’

६ वटा वडा रहेको चंखेलीमा टेलिकमको एउटा मात्रै टावर छ। चंखेली ५ मा रहेको उक्त टावरले सबैतिर काम नगर्दा स्थानीय सञ्चार सुविधाबाट बञ्चित हुँदै आएका छन्। टेलिकमको अर्को टावर निर्माणको पहल भइरहेको अध्यक्ष चौलागाईँले बताए।

चंखेलीमा इन्टरनेटले पनि राम्रो काम गर्दैन। घाम लागेको बेला इन्टरनेटले काम गर्ने भएपनि पानी पर्दा र घाम नलाग्दा काम नहुने उले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .