ad ad

राजनीति


माओवादी केन्द्रले बोलायो बिहानै स्थायी कमिटी बैठक

माओवादी केन्द्रले बोलायो बिहानै स्थायी कमिटी बैठक

नेपालखबर
फागुन २९, २०७७ शनिबार ०:३४,

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आज (शनिबार) बिहानै स्थायी कमिटी बैठक राख्ने भएको छ।

अहिले बिहान ९ बजे बस्ने बैठकमा नयाँ सत्ता समीकरण र एमालेमा गएका नेतालाई कारबाहीलगायत विषयमा छलफल गर्ने तयारी छ।

माओवादी केन्द्रका एक नेताका अनुसार शुक्रबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाएका हुन्।

नयाँ सरकार गठनमा जसपा निर्णायक देखिएको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले शुक्रबार एकैदिन आफूपक्षीय दुईवटा केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका छन् भने गृहमन्त्री रामबहादुर थापालगायत पूर्वमाओवादीबाट २३ नेतालाई केन्द्रीय सदस्य बनाएका छन्।

माओवादी केन्द्रले आज बिहान बस्ने स्थायी कमिटी बैठकबाट एमालेमा गएका आफ्ना नेतालाई पार्टीमै फर्किन आग्रह गर्ने, नमाने कारबाहीको निर्णय गर्ने तयारी गरेको छ।

याे पनि :  यी हुन् एमाले केन्द्रीय सदस्यमा मनोनित भएका २३ पूर्वमाओवादी नेता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .