समाज


सशस्त्र प्रहरीको सीमा सुरक्षा तथा व्यवस्थापन तालिम समापन

सशस्त्र प्रहरीको सीमा सुरक्षा तथा व्यवस्थापन तालिम समापन

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार १२:४२,

सशस्त्र प्रहरी बल, नेपालद्वारा सिनियर अधिकृतहरुका लागि सञ्चालित सि.सं. २ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सम्पन्न भएको छ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सञ्चालित तालिमको शुक्रबार सशस्त्रकाे प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले समापन गरे।

अतिरिक्त महानिरीक्षक केसीले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरे।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले संगठनलाई प्राप्त विभिन्न म्याण्डेडहरुमध्ये सीमा सुरक्षा एक महत्वपूर्ण म्याण्डेड भएको उल्लेख गर्दै सीमा सुरक्षालाई विशेष महत्व दिँदै आगामी दिनहरु यस किसिमको तालिमलाई अझ परिस्कृत ढंगले लैजाने बताए।

उनले चेन अफ कमाण्ड कुनै पनि फौजी संगठनको मेरुदण्ड भएको उल्लेख गर्दै चेन अफ कमाण्डको पालना गर्दै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तिका लागि संगठनमा आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित भई आ–आफ्नो तहबाट योगदान पुर्‍याउनुपर्ने उल्लेख गरे।

उनले प्रशिक्षार्थीहरुले तालिमको दौरान आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा परिचालित हुँदा भरपूर उपयोग गर्नुका साथै आफुभन्दा पछिल्लो पिंढीलाई समेत सिकाउँदै पूर्ण व्यावसायीक तवरले निःस्वार्थ भएर जिम्मेवारीलाई निर्वाहमा कृयाशील रहन निर्देशन दिए।
कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक विकास अधिकारीले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। सो तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक भानुभक्त लम्साल सर्वप्रथम भएका छन्।

करीब ६ हप्ता अवधिको सो तालिममा १३ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १४ जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल २७ जना सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad