समाज


मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ५:४७,

झापाको दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट नजिक मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार राति सवा ९ बजे प्रदेश १–०१–१३ प ८७६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे–९प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठोक्किँदा स्कुटर चालक दमक नगरपालिका ८ का ५० वर्षीय ईन्द्र भुजेलको मृत्यु भएको हो।

उनका् लाइफ लाइन दमक अस्पतालमा उपचारका लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।

त्यस्तै मोटरसाइकल चालक दमक नगरपालिका ४ का २६ वर्षीय संजोक सुन्दास घाइते भएको र उनको बीएन्डबी अस्पताल बिर्तामोडमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

दुर्घटना भएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad