ad ad

समाज


कालीकोटबाट सुर्खेत आउँदै गरेको बस दैलेखमा दुर्घटना, २ जनाको मृत्यु

कालीकोटबाट सुर्खेत आउँदै गरेको बस दैलेखमा दुर्घटना, २ जनाको मृत्यु

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ८:३,

दैलेखको आठबीस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा कालीकोटको भर्ता का ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटको नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल बिक रहेका छन्। शाहीको घटनास्थलमै र बिकको उपचारको क्रममा ज्यान गएको हो।

कालीकोटबाट सुर्खेतका लागि छुटेको बस बिहीबार बिहान करिब ११ बजेतिर कर्णाली राजमार्गस्थित स्यालामा दुर्घटना भएको हो। दुर्घटनामा ३ प्रहरीसहित १६ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको बस सडकबाट करिव एकसय मिटर तल खसेको हो।

घाइतेमध्ये गम्भीर रहेका ६ जनाको उद्धार गरी अस्पताल पठाएको र ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसमा सवार कति यात्रु थिए भन्ने एकिन भइ नसकेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .