चीन सरकारले आफ्ना नागरिकलाई ‘कोरोना पासपोर्ट’ दिन थालेको छ। कोरोना भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको हो।
यस्तो व्यवस्था गर्नेमा चीन विश्वकै पहिलो देश बनेको छ। सबैभन्दा पहिला कोरोना संक्रमण चीनमै देखिएको थियो।
विश्वका अन्य देशले समेत ‘भाइरस पासपोर्ट’ निर्माण गर्ने तयारी गरिरहेका छन्। चीनले विदेश यात्रा गर्ने आफ्ना नागरिकका डिजिटल सर्टिफिकेट उपलब्ध गराउन थालेको हो। जसमा खोप लगाए नलगाएको जानकारीका साथै भाइरस परीक्षण नतिजा समावेश हुनेछ।
यो सर्टिफिकेटलले आफ्ना नागरिककको अन्तर्राष्ट्रिय यात्रालाई सहज बनाउने अपेक्षा चीन सरकारको छ। एजेन्सी

प्रतिक्रिया