राजनीति


भोजपुर, कैलाली र कञ्चनपुरमा पनि एमालेले फेर्‍याे पार्टी कार्यालयको बोर्ड

भोजपुर, कैलाली र कञ्चनपुरमा पनि एमालेले फेर्‍याे पार्टी कार्यालयको बोर्ड

नेपालखबर
फागुन २६, २०७७ बुधबार १:४,

सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज गरेसँगै ब्युँतिएको एमालेले देशभरका पार्टी कार्यालयमा आफ्नो बोर्ड राख्ने क्रम जारी राखेको छ।

यसै क्रममा मंगलबार उसले भोजपुर, कैलाली र कञ्चनपुरलगायत जिल्लाका पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर आफ्नो राखेको छ।

ऋषि कट्टेलले निर्वाचन आयोगमा पहिले दर्ता आफ्नो नेकपाले आधिकारिता पाउनुपर्ने दाबी गर्दै हालेको मुद्दामा सर्वाेच्च अदालतले यही फागुन २३ गते उनकै पक्षमा फैसला गरेपछि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेको हो। साथै एकीकरणअघिकै दुई दल ब्युँताइएको हो।

यसपछि एमाले र माओवादी केन्द्र पुनः अलग्गिएका हुन् र एमालेले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्याल्यमा आफ्नो बोर्ड राख्ने अभियान चलाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad