सैन्य ब्यारेक नजिकै भएको विस्फोटनमा अन्य ४२० जना घाइते भएको बीबीसीले जनाएको छ।
विस्फोटक पदार्थ डाइनामाइटको भण्डारणमा भएको लापरबाहीका कारण उक्त घटना भएको त्यहाँको सरकारले जनाएको छ।
देशको मुख्य सहर बाटामा रहेको सैनिक ब्यारेक नजिकै भएका विस्फोटनहरू त्यहाँ डाइनामाइट भण्डारणमा भएको लापरबाहीले भएको राष्ट्रपति टियोडोर ओबियाङ्ग एनग्वेमाले बताएका छन्।
लगातार ट्विट गर्दै स्वास्थ्य मन्त्रालयले स्वयंसेवकहरूलाई बाटा क्षेत्रीय अस्पतालमा सहयोगका निम्ति पुग्न आह्वान गरेको छ। उसले रक्तदानको निम्ति पनि आह्वान गरेको छ।

उसले गम्भीर तथा अति गम्भीर घाइतेहरूलाई तीन वटा अस्पतालमा उपचार भइरहेको जनाएको छ। ती अस्पतालमा अत्यधिक चाप परेको बताइएको छ।
स्पेनी राजदूतावासले आफ्ना नागरिकलाई घरभित्रै बस्न भनेको छ। सन् १९६८ सम्म उक्त देश स्पेनको उपनिवेश थियो।
सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा धुवाँको बाक्लो मुस्लो अनि व्यापक क्षतिका दृश्यहरू देखिन्छ। टेलिभिजनमा त्रसित मानिसहरू धुवाँको मुस्लोका माझ लरखराउँदै सुरक्षित स्थलतर्फ हिँडेका देखिन्छ।
कतिपयले भग्नावशेषमा फसेकाहरूको उद्धारका निम्ति खोज गरिरहेको देखिन्छ।

प्रतिक्रिया