समाज


कौशलटारमा १७ वर्षीया किशोरीलाई बन्धक बनाएर चार दिनसम्म बलात्कार, २७ वर्षीय युवक पक्राउ

कौशलटारमा १७ वर्षीया किशोरीलाई बन्धक बनाएर चार दिनसम्म बलात्कार, २७ वर्षीय युवक पक्राउ

नेपालखबर
फागुन २४, २०७७ सोमबार ०:४१,

भक्तपुरको कौशलटारमा १७ वर्षीया किशोरीलाई चारदिनसम्म बन्धक बनाएर जबर्जस्ती करणी भएको छ। करणीमा संलग्न भएको आरोपमा प्रहरीले २७ वर्षीय युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ४ सन्तनगर घर भई हाल कौशलटारमा डेरा गरी बस्ने २७ वर्षीय दुर्गानन्द चौधरी छन्।

उनले उदयपुरको गाईघाट घर भएकी १७ वर्षीया किशोरीलाई कोठामा राखेर चार दिनसम्म जबर्जस्ती करणी गरेको महामनगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।

गिरीका अनुसार चौधरीले ‘विवाह गर्छु, घुम्न जाउ’ भनेर किशोरीलाई गाईघाटबाट बसमा चढाई कौशलटारस्थित डेरामा ल्याएर पटकपटक जबर्जस्ती करणी गरेका हुन्। चौधरीले ११ फागुनदेखि १४ फागुनसम्म किशोरीलाई कोठामा राखेर जबजस्ती करणी गरेका प्रहरीले जनाएको छ।

किशोरीले अभिभावकको सहयोगमा २१ फागुनमा चौधरीविरुद्ध जबर्जस्ती करणी आरोपमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। चौधरीलाई मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad