समाज


अनियन्त्रित भएको ट्रकले कार र मोटरसाइकललाई ठक्कर दियो, दुई जनाको मृत्यु, चार घाइते

अनियन्त्रित भएको ट्रकले कार र मोटरसाइकललाई ठक्कर दियो, दुई जनाको मृत्यु, चार घाइते

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ०:३१,

झापामा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन्।

कनकाई नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश १–०४–००१च ०१६७ नम्बरको कारलाई नम्बर नखुलेको ग्यास बोकेले ठक्कर दिँदा दुर्घटना भएको हो। कारलाई ठक्कर दिएर अनियन्त्रित ट्रक भएको ट्रकले प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल पनि ठक्कर दिएको प्रहरीले जनाएको छ।

ट्रकले कारलाई ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

दुर्घटनामा कार चालक सुनसरीको धरान १६ का दिपक क्षेत्री र कारमा सवार सोलुखुम्बुका दिलीप रानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ। कारमा सवार सोलुखुम्बुकी अन्जु मगर र सुरेश मगरको अवस्था गम्भीर छ। उनीहरुको बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलका चालक झापको शिवसताक्षी २ का ज्ञानबहादुर प्रसाईं र उनकी पत्नी सोनम श्रेष्ठ पनि गम्भीर घाइते भएका छन्। उनीहरुको पनि बिएन्डसी अस्पताल विर्तामोडमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad