समाज


जिपको ठक्करबाट विद्यार्थीको मृत्यु : आफन्त, क्याम्पस र प्रहरीबीचको वार्ता निष्कर्षविहीन, विरोध जारी

जिपको ठक्करबाट विद्यार्थीको मृत्यु : आफन्त, क्याम्पस र प्रहरीबीचको वार्ता निष्कर्षविहीन, विरोध जारी

नेपालखबर
फागुन १९, २०७७ बुधबार ७:५१,

जिपले ठक्कर दिएर विद्यार्थीको ज्यान गएको विषयमा मृतकका आफन्त, ललितपुर प्रहरी र क्याम्पस नेतृत्वबीच भएको वार्तामा कुनै सहमति हुन सकेको छैन।

प्रहरी परिसर ललितपुरको कार्यालयमा बुधबार दिउँसो भएको सो कुराकानी निष्कर्षविहीन भएको हो।

ललितपुरको नख्खुमा आज (बुधबार) बिहान जिपले ठक्कर दिँदा कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत् विद्यार्थी अञ्जु दाहालको मृत्युभएपछि उनका आफन्त र क्याम्पसका विद्यार्थीले विरोध प्रदर्शन सुरु गरेका छन्। उनीहरुले जावलाखेलमा यातायात अवरुद्ध गरेर विरोध गरेका थिए। क्याम्पसका प्रतिनिधि, आफन्त र प्रहरीबीच वार्ता पनि सँगसँगै भइरहेकाे थियो।

Koteshwar student death protest 2

छलफलमा सहमति नभएपछि उनीहरुले भोलि बिहीबार बिहान ७ बजे कोटेश्वर चोकमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्।

‘पीडितलाई उचित क्षतिपूर्ति र आगामी दिनमा विद्यार्थीहरुको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने हाम्रो माग छ, त्यो नभएसम्म विरोध जारी रहन्छ, भोलि बिहान ७ बजे कोटेश्वर चोकमा विरोध प्रदर्शन हुनेछ,’ सो क्याम्पसका प्रमुख गोविन्दबहादुर कार्कीले जावलाखेलको विरोध प्रदर्शनका क्रममा भने।

सहपाठीको ज्यान गएपछि आक्रोशित विद्यार्थीले जावलाखेल चोकमा बिहान १० बजेदेखि चक्काजाम गरेका थिए।

Koteshwar student death protest 3

क्याम्पस जाँदै गर्दा बुधबार बिहान पौने ६ बजे ललितपुरकाे नख्खुमा स १ ज ५६७ नम्बरको जिपले ठक्कर दिँदा १९ वर्षीया अञ्जुको मृत्यु भएको हो।

प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भई ललितपुरको बागडोलमा डेरा गरी बस्ने गरेकी अञ्जु कोटेश्वरको मल्टिपल क्याम्पसमा बीएड प्रथम वर्षमा पढ्दै थिइन्।

Koteshwar student death protest 4

जिपको ठक्करबाट गम्भीर घाइते दाहालको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो।

सडक पार गर्ने क्रममा उनलाई जिपले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। घटनापछि जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ।

घटनाकाे थप विवरण :  नख्खुमा जिपको ठक्करले सहपाठीको मृत्यु भएपछि कोटेश्वर क्याम्पसका विद्यार्थी सडकमा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .