समाज


भट्टराईको संयोजकत्वमा आगलागी पीडित सहयोग समिति

भट्टराईको संयोजकत्वमा आगलागी पीडित सहयोग समिति

नेपालखबर
फागुन १८, २०७७ मंगलबार १४:५०,

ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितलाई राहत तथा पुनःस्थापनको लागि प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको संयोजकत्वमा काठमाडौंमा आर्थिक सहयोग समिति गठन गरिएको छ।

सो समितिकको सहसंयोजकमा पासाङ शेर्पा र टंक आङबुहाङ छन् भने सदस्यमा चित्रगुप्त साँवा, डम्बरबहादुर तुम्वाहाम्फे, टंक श्रेष्ठ, रमेश बराल, बलबहादुर तामाङ, युवराज गुरुङ, तारादेवी श्रेङ, अग्नी पौडेल, नन्दु बनेम र पदमजंग आङवुहाङ छन्।

त्यस्तै बैठकले आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाको लागि भूकम्प पीडित सो सरह राहत उपलब्ध गराउन नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ।

राहतको लागि देश तथा विदेशमा रहेका ताप्लेजुङवासीलाई सहयोग गर्न आह्वान गर्ने तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टलाईले पाँच लाख र प्रदेशसभा सदस्य टंक आङबुहाङले तीन लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad