समाज


उर्लाबारी हत्या प्रकरण : गिरी धरौटीमा रिहा, तीन जना अझै फरार

उर्लाबारी हत्या प्रकरण : गिरी धरौटीमा रिहा, तीन जना अझै फरार

नेपालखबर
फागुन १७, २०७७ सोमबार १४:१५,

मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको हत्यामा संलग्न रहेको आशंका गरिएका व्यक्ति धरौटीमा छुटेका छन्।

आइतबार प्रहरीको सम्पर्कमा पुगेका उर्लाबारी ६ का रमेश गिरीलाई जिल्ला अदालत मोरङले सोमबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो। बास्तोलाको पुस ४ गते राति गिरीकै घरमा हत्या भएको थियो।

जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले गिरीसँगको बयानपछि एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको मोरङ प्रहरीले जनाएको छ। बास्तोलाको हत्या आशंकामा ६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

अदालतले गत बिहीबार उर्लाबारी–६ का मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्न र होटल सञ्चालक कुमार राईलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

घटनामा संलग्न आशंका गरिएका तीन जना फरार रहेको मोरङका एसपी सन्तोष खड्काले बताए। उर्लाबारी ६ का राजेश रणपहेली, सुदीप परियार र दीपेश पौडेल फरार छन्।

उर्लाबारी घटनामा छानविन समितिको प्रतिवेदन : त्रुटिवश फोटो फरक पर्न गएको निष्कर्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad