आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्धको मुद्दामा विशेष अदालतले मिसिल झिकाउन आदेश दिएको छ।
आइतबार विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त मुद्दाका मिसिल झिकाउन आदेश दिएको हो।
कर फर्छ्याैट आयोगका दुई जना पदाधिकारीसहित आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्माविरुद्ध अख्तियारले तीन वर्षपहिले मुद्दा दायर गरेको थियो।
सो मुद्दामा शर्मासँगै कर फर्छ्याैट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि विपक्षी बनाइएको छ।
उनीहरुले बदनियतपूर्वक १० अर्ब रुपैयाँभन्दा बढी रकम अनधिकृत रुपमा कर छुट तथा मिनाहा गरी गैरकानुनीरुपमा सरकारलाई नोक्सानी पुर्याएको आरोप छ।
कूल विगोको रुपमा १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैयाँ दाबी गरिएको छ। उनीहरुविरुद्ध राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा चलाइएको हो।
प्रतिक्रिया