ad ad

समाज


खसोग्जीको हत्यामा युवराज सलमान दोषी भएको रिपोर्टपछि साउदीको यस्तो प्रतिक्रिया

खसोग्जीको हत्यामा युवराज सलमान दोषी भएको रिपोर्टपछि साउदीको यस्तो प्रतिक्रिया

नेपालखबर
फागुन १५, २०७७ शनिबार ७:४१,

उनको हत्यामा साउदी सरकार नै संलग्न भएको आरोप लाग्दै आएको थियो।

यतिबेला अमेरिकी गुप्तचर निकायको एउटा रिपोर्टले साउदी युवराज मोहम्मद बिन सलमान खसोग्जीको हत्यामा संलग्न भएको बताएको छ।

बीबीसीका अनुसार बाइडेन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा युवराजले खसोग्जीलाई पक्राउ गर्न अथवा हत्या गर्ने योजनालाई स्वीकृति दिएको उल्लेख गरिएको छ।

अमेरिकी गुप्तचर निकायको निर्देशकको कार्यालयले तयार पारेको रिपोर्टमा भनिएको छ,‘साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले इस्तानबुलमा साउदी पत्रकारलाई पक्राउ गर्न या हत्या गर्ने योजना अनुमोदन गरेका थिए भन्ने हाम्रो ठम्याइ छ।’

अमेरिकाले दर्जनौँ साउदीहरूमाथि प्रतिबन्ध लगाएको छ तर युवराजलाई भने लगाएको छैन।

युवराज साउदी राजा सलमान बिन अब्दुलअजिज अल साउदका छोरा हुन् र उनलाई देशको प्रभावशाली शासकका रूपमा लिइन्छ।

साउदी अरेबियाले उक्त रिपोर्टलाई अस्वीकार गर्दै त्यसलाई नकारात्मक, झुटो र अस्वीकार्य भएको बताएको छ।

साउदीको विदेश मन्त्रालयले भनेको छ,‘जमाल खसोग्जीको मामिलामा अपमानजनक र गलत निष्कर्ष निकाल्ने अमेरिकी रिपोर्टलाई साउदीले खारेज गर्दछ। हामी यो रिपोर्ट खारेज गर्दछौं किनभने यो गलत छ।’

आफ्नो सरकारले खसोग्जीको हत्याको विषयमा बृहत अनुसन्धान गरेको बताउँदै सो हत्यामा संलग्न हुने सबैलाई कारवाही गरिएको साउदीको भनाइ छ।

अपराधीविरुद्ध कारवाही गर्ने साउदी सरकारको कदमको खसोग्जीको परिवारले पनि प्रशंसा गरेको साउदीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .