ad ad

समाज


बालविवाहको आरोपमा बेहुला र उनका बुवा पक्राउ

बालविवाहको आरोपमा बेहुला र उनका बुवा पक्राउ

नेपालखबर
फागुन १५, २०७७ शनिबार ५:१९,

प्रहरीले बालविवाह गर्ने बेहुला र बेहुलाको बुबालाई पक्राउ गरेको छ।

बालविवाह गर्ने गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले वीरगन्ज महानगरपालिका १६ बस्ने १९ वर्षय युवक र उनका ४६ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार ती युवकले गत माघ १९ गते वीरगन्ज–१६, लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग विवाह गरेका थिए।

उनका अनुसार बालविवहको सूचना आएपछि बेहुला र उनका बुबालाई शुक्रबार पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जनाविरुद्ध बाल विवाहसम्बन्धी कसुरमा मुद्दा चलाइएको उनले जानकारी दिए।

मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष हुनुपर्ने र २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुने व्यवस्था छ।

बाल विवाहसम्बन्धी कसुर प्रमाणित भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिमाना समेत हुने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .