समाज


बोइङको अर्को उडिरहेको विमानको इन्जिनमा लाग्यो आगो, त्यसका टुक्राले लागेर दुई घाइते

बोइङको अर्को उडिरहेको विमानको इन्जिनमा लाग्यो आगो, त्यसका टुक्राले लागेर दुई घाइते

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ५:४६,

मंगलबार नेदरल्यान्ड्समा उडिरहेको बोइङ ७४७ मोडलको एक विमानको इन्जिनमा आगलागी भएको सीएनएनले जनाएको छ।

आगलागीपछि आकाशबाट खसेका इन्जिनका टुक्राले दुई घाइते भएको बताइएको छ।

सार्वजनिक भएका तस्बिरमा इन्जिनका टुक्राले एउटा कारको सिसामा क्षति पुर्याएको देखिएको छ भने अर्को टुक्रा कारमा खोपिएको देखिएको छ।

A car was damaged after an engine fire on a Boeing cargo plane showered the Dutch town of Meerssen with debris on Saturday. Photo: TNS

प्रत्यक्षदर्शीका अनुसार उनीहरुले विमानको इन्जिन पड्किएको आवज सुनेका थिए। विमानका टुक्राहरु मिरसेन शहरमा खसेका थिए।

हाल आगलागी भएको बोइङ ७४७ मोडल कार्गो जेट भएको बताइएको छ। यो नेदरल्यान्ड्सको मासट्रिच्टबाट अमेरिकाको न्युयोर्क शहरका लागि उडेको थियो।

एउटा इन्जिनमा आगो लागेपछि विमान बेल्जियमको लिज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

गत शनिबार मात्र अमेरिकाको डेन्भरमा बोइङको ७७७ मोडलको एउटा विमानको इन्जिनमा आगलागी भएको थियो।

जसका कारण हाल विश्वभर यस मोडलका विमान उडाउन प्रतिबन्ध लगाइएको छ।

याे पनि: अमेरिकामा २३१ यात्रु सवार विमानको इन्जिन आगो लागेर खस्यो (फोटो/भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .