समाज


एकाबिहानै चपराले हानेर पतिको हत्या, पत्नी पक्राउ

एकाबिहानै चपराले हानेर पतिको हत्या, पत्नी पक्राउ

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ३:२३,

कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुरकोटकी एक महिलाले पतिको हत्या गरेकी छन्।

मंगलबार बिहान स्थानीय २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय पति ओमकुमार चौधरीको हत्या गरेकी हुन्। खेत खन्ने चपरा (फरुवा) प्रहार गरी उनले पतिको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको जानकारी दिए। ‘बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ’, उनले भने, ‘पतिको हत्या गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ।’

यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका–२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ।

कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत माघ २८ गते दुवै जनाले वृद्धमाथि कुटपिट गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad