राज्यको राजधानी डेनबरमा युनाइटेड एयरलाइन्सको उडिरहेको बोइङको ७७७ विमानको एउटा इन्जिनमा आगो लागेको हो। २३१ यात्रु सवार विमानमा १० चालक दलका सदस्य थिए।
आगो लागेपछि उक्त इन्जिनको टुक्राहरु जमिनमा खसेको सीएनबीसीले जनाएको छ।
यद्यपी यस घटना दुर्घटनामा परिणत हुन पाएन जसका कारण विमानमा सवार सबै यात्रुहरु सकुशल छन्।
अर्को इन्जिन सक्रिय रहेकाले दुर्घटना हुन नपाएको हो। शनिबार डेनबर अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विमान पाइलटले सफल रुपमा अवतरण गरेको बताइएको छ।
(भिडिओ)
ब्रुमफिल्ड टाउनका प्रहरीका अनुसार इन्जिनका टुक्राहरु मानिसका घर वरपर भेटिएका छन्।
यी टुक्राहरुले मानिसलाई हालसम्म लागेको खबर प्राप्त नभएको बीबीसीले जनाएको छ।
यस विमान डेनबरदेखि होनोलुलुका लागि उडेको थियो। फेडरल एभियसन एडमिनिस्ट्रेसनका अनुसार उक्त फ्लाइट ३२८ को दाहिने इन्जिनमा खराबी आएको थियो।
सार्वजनिक भएका तस्बिर तथा भिडिओहरुमा विमानको एउटा इन्जिनमा आगो लागेको देखिन्छ। मानिसहरुले इन्जिनका टुक्राहरुको फोटो पनि सामाजिक संजालमा पोस्ट गरेका छन्।
(भिडिओ)
Shares
प्रतिक्रिया