ad ad

समाज


दिनेश भट्टलाई सार्वजनिक गर्दै प्रहरीले भन्यो : भागरथीको हत्या उनैले गरेका हुन्

दिनेश भट्टलाई सार्वजनिक गर्दै प्रहरीले भन्यो : भागरथीको हत्या उनैले गरेका हुन्

गोकुल जोशी
फागुन ५, २०७७ बुधबार ९:३२,

बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

बैतडी प्रहरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै भागरथी बलात्कार तथा हत्या प्रकरणमा संलग्न दोगडाकेदार गाउँपालिका–७ कै १८ वर्षीय दिनेश भट्टलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो।

‘अहिलेसम्म प्राप्त तथ्यको आधारमा दिनेशको संलग्नता देखिन्छ। उनले एक्लै हत्या गरेको स्वीकारेका छन्’, डीआईजी उत्तमराज सुवेदीले भने, ‘थप अनुसन्धान भइरहेको छ। अनुसन्धान सकेर सबुत प्रमाणसहित अदालतमा पेश गर्छौँ।’

आरोपी दिनेशमाथि करणी तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ।

गत माघ २१ गते बुधबारका दिन सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको अर्को दिन बेलुका घर नजिकैको लबलेक सामुदायिक वनमा शव भेटिएको थियो।

याे पनि : भागरथी हत्याकाण्डमा पक्राउ परेका किशोर भन्छन् : उनका बुबाले पनि मेरा आफन्तलाई बलात्कार गरेका थिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .