समाज


भागरथी हत्याकाण्डमा पक्राउ परेका किशोर भन्छन् : उनका बुबाले पनि मेरा आफन्तलाई बलात्कार गरेका थिए

भागरथी हत्याकाण्डमा पक्राउ परेका किशोर भन्छन् : उनका बुबाले पनि मेरा आफन्तलाई बलात्कार गरेका थिए

नेपालखबर
फागुन ५, २०७७ बुधबार ४:४५,

बैतडीकी भागरथी भट्टको बलात्कार/हत्या आरोपमा पक्राउ परेका किशोरले अपराध स्वीकार गरेका छन्।

प्रहरीले पक्राउ गरेका छिमेकी तथा आफन्तसमेत रहेका १८ वर्षीय दिनेश भट्टले बदला लिन आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका हुन्।

भागरथीका बुबाले आफ्नो नजिकको नातेदार बलात्कार गरेको र त्यसको बदला लिन आफूले त्यस्तो गरेको भनेर दिनेशले बयान दिएको अनुसन्धानमा संलग्न अधिकारीले नेपालखबरलाई बताए। 

एक वर्षअघि त्याे घटना गाउँमै मिलाइएको दिनेशकाे दाबी छ। भागरथीका बुबाको भने मृत्यु भइसकेको छ।

प्रहरीले यस विषयमा थप बुझ्ने काम भइरहेको जनाएको छ। 

पक्राउ परेका किशोरलाई प्रहरीले बुधबार बैतडी सदरमुकाम लगेको छ। जिल्ल प्रहरी कार्यालयमा उनलाई सार्वजनिक गर्ने तयारी भइरहेकाे सूदुरपश्चिमका डीआईजी उत्तम सुवेदीले बताए।

घटनाको १३औँ दिन मंगलबार उनलाई प्रहरीले पक्राउ गरेको थियो।

उनी भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा पढ्छन्। घटनाका दिन उनी विद्यालयबाट दिउँसो साढे १२ बजे फर्किएको पाइएको प्रहरीले बताएको छ।

विद्यालयबाट निस्किएका उनी जंगलमा भागरथीलाई ढुकेर बसेका थिए। दिउँसो २ बजेपछि भागरथी विद्यालयबाट फर्किने क्रममा उनले पछ्याएको र हुत्याएर खोल्सामा लडाएको बयान दिएका छन्।

भागरथीको घाँटी थिचेर हत्या गरेको बताएका उनले बलात्कार भने नगरेको दाबी गरेका छन्।

सुरुमा प्रयास गरे पनि भागरथी महिनावारी भएका कारण बलात्कार नगरेको उनले बताएका छन्।

घटनापछि भागरथीलाई न्याय माग्दै भएका प्रदर्शनमासमेत उनी सहभागी भएका थिए।

प्रहरीले भने उनकाे निगरानी गरिरहेको थियो। प्रमाण जुटाएर उनलाई पक्राउ गरिएको डीआईजी सुवेदीले बताए। 

याे पनि :  भागरथी भट्टको बलात्कार/हत्या गर्ने व्यक्तिको थर, गाउँ र विद्यालय एउटै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad