ad ad

समाज


डिजेल चोरेर भारततर्फ निकासी गर्ने तीन जना ट्यांकरसहित पक्राउ

डिजेल चोरेर भारततर्फ निकासी गर्ने तीन जना  ट्यांकरसहित पक्राउ

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ५:४३,

डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्यांकरसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ।

ना७ख १५११ नम्बरको ट्यांकरमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गए राति प्रहरीले जाँच गर्दा पक्राउ गरिएको बताइएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त ट्यांकरसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ गाउँपालिका–३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेती छन्।

पक्राउ परेकामध्ये सोही ट्यांकरका उप्रेती चालक हुन् भने पाख्रिन सहचालक तथा महतो श्वेता आयल ट्रेडर्सका मुन्सी रहेको नायब उपरीक्षक कुँवरले जानकारी दिए। वीरगञ्जको नेपाल–भारत सीमामा रहेको संयुक्त प्रहरी जाँच चौकी इलाकाबाट ट्यांकरसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारवाही प्रक्रिया सुरु भएको उनले बताए। नेपालभन्दा भारतमा डिजेल सस्तो छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .