ट्याक्टर दुर्घटनामा परी तामाकोशी नदीमा बेपत्ता भएका ट्याक्टरका सहचालक अनन्तबहादुर खड्काको शव सशस्त्र प्रहरी बल, नेपालको गोताखोर टोलीले फेला पारेको छ।
दोलखा जिल्लाको विगु गाउँपालिका–४ स्थित बलिटार भन्ने स्थानमा सोही जिल्लाको गौरीशंकर गाँउपालिका–५ बस्ने १४ वर्षीय खड्का गत माघ २० गते भएको ट्याक्टर दुर्घटनामा परी नदीमा बेपत्ता भएका थिए।
उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्ड खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव घटनास्थलदेखि चारसय मिटर तल नदीमा डुबेको अवस्थामा फेला पारेको हो।
एपीएफ टोलीले उनको शव स्थानीय प्रहरीलाई बुझाएको छ।

प्रतिक्रिया