समाज


डब्लूएचओले कोरोनाबारे चाहेको जानकारी दिन अस्वीकार गर्‍यो चीनले!

डब्लूएचओले कोरोनाबारे चाहेको जानकारी दिन अस्वीकार गर्‍यो चीनले!

नेपालखबर
फागुन ३, २०७७ सोमबार ८:२५,

माइक्रोबायोलोजिस्ट डोमिनिक ड्वायरका अनुसार चीनले सुरुवातमा वुहानमा कोरोना संक्रमित बनेका मानिसहरुको जानकारी नदिएको हो।

प्रारम्भिक डेटाबारे वालस्ट्रिट जर्नल र न्युयोर्क टाइम्सले पनि चीनसँग जानकारी मागेका थिए। तर चीनले भने सुरुवाती संक्रमितको जानकारीको सारांश मात्र पठाएको बताइएको छ।

पछिल्लो आरोपको विषयमा चीनले कुनै प्रतिक्रिया जनाएको छैन। चीनले दोहोर्याउँदै आफू कोरोनाको जानकारी दिन पारदर्शी भएको बताउँदै आएको छ।

डब्लूएचओको टोलीले गरेको अनुसन्धानमा कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको नदेखिएको बताइएको छ। कोरोना भाइरस वुहानभन्दा पहिल्यै कतै उत्पत्ति भएको तर वुहानबाट भने फैलिएको बताइएको छ।

तर वुहानको प्रयोगशालाबाट कोरोना नफैलिएको भन्ने अनुसन्धानलाई अमेरिकाले नमान्ने बताएको छ।

चीनले अमेरिकाले डब्लूएचओलाई कमजोर बनाउने प्रयास गरिरहेको बताइरहँदा फेरि यतिबेला चीनले डब्लूएचओलाई चाहिएको जानकारी प्रदान नगरेको विषय उठान भएको हो।

‘वुहानको माछा बजारबाट संक्रमित बनेका १७४ जनाको जानकारी मागिएको थियो तर आधाको मात्र जानकारी प्रदान गरिएको छ’ माइक्रोबायोलोजिस्ट डोमिनिक ड्वायर भन्छन्,‘हामी यसको जानकारी लिन दृढ छौं। उनीहरुले जानकारी किन दिएनन् म प्रतिक्रिया दिन चाहन्न।’

उनका अनुसार यसको पछाडि राजनीतिक वा अन्य कारणहरू हुनसक्छन्।

यस्तै ड्यानिस इम्युनोलोजिस्ट थिए लोल्सेन फिस्केर पनि उक्त अनुसन्धानमा समावेश थिए। उनका अनुसार चीनमा कोरोना भाइरसको अनुसन्धानको विषय अत्यधिक भूराजनीतिक देखिन्छ।

उनका अनुसार चीनले कोरोनाको जानकारी नदिएको विषय आगामी हप्ताको प्रतिवेदनमा उल्लेख गरिनेछ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad