समाज


मुलुकभरका सरकारी जग्गा सरकार मातहत ल्याउन माग गर्दै हस्ताक्षर संकलन

मुलुकभरका सरकारी जग्गा सरकार मातहत ल्याउन माग गर्दै हस्ताक्षर संकलन

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ९:५६,

सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले मुलुकभरका सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिएको छ।

समितिले शुक्रबार काठमाडौंको शान्ति बाटिकामा कार्यक्रम गरि सरकारी जग्गा संरक्षणको माग गर्दै संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाउने जानकारी दिएको होे। ललिता निवास बालुवाटार लगायतका सरकारी जग्गाजमिन सरकारले आफ्नै मातहतमा ल्याई भोगचलन गराउन दबाब दिँदै माघ २३ गतेदेखि हस्ताक्षर अभियान चलाएको संघर्ष समितिले सो हस्ताक्षरलाई सम्बन्धित मन्त्रालयमा बुझाउने भएको हो।

समितिले ललिता निवास बालुवाटारको सरकारी जग्गा नेपाल सरकारको नाममा कायम गर्न, सुनसरी, धरानस्थित सर्दु जलाधारको ३४८ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गरी सो जग्गा अपचलन गर्ने उपर कारबाही गर्न दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको जनाएको छ।

त्यसैगरी धोबीखोलो बगेको साबिक नगर २५(क) कित्ता नं. ५०५ को जग्गामा मोही लाग्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने प्रधानमन्त्री उपर कारबाही गरी सो जग्गा सरकारको नाममा दर्ता गर्न, मालपोत कार्यालयले राजकुलो र बाटोमा समेत मोही कायम गर्ने गरेको निर्णयलाई सदर गर्ने न्यायाधीशलाई कारबाहीको लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको संघर्ष समितिका महासचिव युवराज कोइरालाले जानकारी दिए।

संघर्ष समितिले माघ २३ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियान शुक्रबार शान्तिबाटिकामा कोणसभा गरी समापन गरेको छ। हस्ताक्षर सम्बन्धित मन्त्रालय तथा निकायहरुमा पुर्‍याइने संघर्ष समितिका महासचिव कोइरालाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad