समाज


फासिष्ट सरकार हिंसा र बलात्कार देख्दैन, बोलेकै भरमा बन्दुक तेर्साउछ : पौडेल

फासिष्ट सरकार हिंसा र बलात्कार देख्दैन, बोलेकै भरमा बन्दुक तेर्साउछ : पौडेल

नेपालखबर
माघ २९, २०७७ बिहिबार १०:५२,

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल आफूहरुले लडेर ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार रहेको बताएका छन्।

सरकारले नेकपा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरेपछि नेता पौडेलले बोलेकै आधारमा बन्दुक तेर्साउन नपाइने बताएका हुन्।

उनले फासिष्ट सरकारले हिंसा र बलात्कार नदेख्ने तर बोल्नेका मुखमा बन्दुक तेर्साउने काम गरेको आरोप लगाएका छन्। उनले झाँक्रीलाई तत्काल रिहा गर्न मागसमेत गरेका छन्।

 ‘फासिष्ट सरकार हिंसा र बलात्कार देख्दैन। बोलेकै भरमा बन्दुक तेर्साउछ। टिप्पणी गरेको आधारमै जेल देखाएर नागरिक तर्साउँछ। हामीले ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार छ। सबै बोल्न पाउँछन्। रामकुमारी झाँक्रीलाई बिना सर्त रिहा गर’, पौडेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै बिहीबार दिउँसो प्रहरीले नेतृ झाँक्रीलाई निवासबाटै पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad