समाज


भारतीय विज्ञ भन्छन् : नयाँ कोरोना घातक देखिएन

भारतीय विज्ञ भन्छन् : नयाँ कोरोना घातक देखिएन

नेपालखबर
माघ २८, २०७७ बुधबार ३:३८,

बेलायतमा पहिलोपटक कोरोना भाइरसको नयाँ प्रकार देखिँदा विशेषज्ञले यो पुरानोभन्दा निकै घातक हुने आशंका व्यक्त गरेका थिए। यही कारण धेरै देशले बेलायत आवतजावतमा प्रतिबन्ध लगाए। यो निकै तीव्र गतिमा फैलिने अनुमान गरिएको थियो। तर यस्तो नदेखिएको भारतका चिकित्सकले दाबी गरेका छन्।

उनीहरूका अनुसार राजधानी दिल्लीमा नयाँ कोरोनाबाट संक्रमित धेरैजसो व्यक्तिमा हल्का मात्र लक्षण देखिए। साथै यो भाइरस धेरैमा फैलिएको पनि पाइएन।

विशेषज्ञ भन्छन्, ‘सरकारले चालेको महत्वपूर्ण कदम र नागरिकको सतर्कताले कोरोनाको नयाँ प्रकार नियन्त्रणमा आएको छ।’

बेलायतबाट फर्किएका मानिसमा संक्रमण पत्ता लगाउन दिल्ली सरकारले घरघरमा परीक्षण अभियान चलाएको थियो। यस क्रममा ४ हजारभन्दा बढी व्यक्तिको परीक्षण गरियो। संक्रमितलाई तुरुन्त अस्पताल भर्ना गरियो। साथै उनीहरूका परिवारका सदस्यमा पनि कोरोना परीक्षण गरियो।

सरकारले विमानस्थलमा कोरोना परीक्षणको व्यवस्था पनि गर्यो। संक्रमितलाई तुरुन्त आइसोलेसन केन्द्र तथा लोकनायक अस्पतालमा भर्ना गरियो। लोकनायक अस्पतालका चिकित्सा निर्देशक डाक्टर सुरेश कुमार भन्छन्, ‘नयाँ कोरोनाबाट संक्रमित धेरैजसोमा हल्का लक्षण मात्र देखिए। संक्रमितमध्ये जम्मा ४ जनालाई आईसीयूमा भर्ना गर्न परेको थियो। यसबाट के भन्न सकिन्छ भने नयाँ कोरोना घातक छैन।’

उनका अनुसार १० महिनासम्मको अनुभवले नयाँ प्रकारको कोरोनाबाट संक्रमितलाई उपचारबाट पनि लाभ प्राप्त भइरहेको छ। यसैकारण यसबाट संक्रमित कसैको पनि मृत्यु भएन।

डा. सुरेश कुमारले भने, ‘दिल्लीमा अहिले संक्रमणको गति निकै सुस्त भइसकेको छ। पछिल्लो एक हप्तायता नयाँ कोरोनाबाट संक्रमित एक जना पनि अस्पताल भर्ना भएका छैनन्।’

शालिमार बागस्थित फोर्टिस अस्पतालका डाक्टर विकास मौर्य भन्छन्, ‘बेलायतमा कोरोनाको यो नयाँ प्रकार यति घातक देखिएको थियो कि त्यहाँ लकडाउन नै गर्नुपरेको थियो। तर भारतमा यसको प्रभाव धेरै देखिएन। यसको कारण के हुन सक्छ भने कोरोनाको नयाँ रूपले पहिलेजस्तो व्यवहार देखाइरहेको छैन। यसैकारण यो अहिले धेरै तीव्र रूपले फैलिरहेको छैन। स्रोत : अमर उजाला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad