समाज


चोरीएका २५ वटा मोटरसाइकल हस्तान्तरण, खोजी गर्ने प्रहरी पुरस्कृत

चोरीएका २५ वटा मोटरसाइकल हस्तान्तरण, खोजी गर्ने प्रहरी पुरस्कृत

नेपालखबर
माघ २७, २०७७ मंगलबार ९:२५,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ।

मोटरसाइकल हराएको भनि निबेदन दिन आउनेहरुको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको बिशेष अपरेसन टोली परिचालन गरि चोरीमा संलग्न मानिससहित मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो।

सोही क्रममा महाशाखाको सादा पोशाकको टोलीले यहि असोज ९ गते गोकर्णेश्वरबाट चोरी भएको बजाजको २२० सीसीको पल्सर मोटरसाइकल सहित नुवाकोट शिवपुरी गाँउपालिका–८ घर भएका २६ वर्षीय बिष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त बौद्ध पठाएको छ।

मिजारले गितराज पाख्रीनको प्रदेश ३-०२-०११प७०१७ को पल्सर मोटरसाइकलको नम्बर परिबर्तन गरि प्रदेश३-०२-०११प५२३६ नम्बर राखी चलाएको अबस्थामा साेमबार बौद्धबाट पक्राउ गरिएको हो।

ट्राफिक प्रहरीले उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट फेला पारी आज २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

सादा पोसाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताए। उनले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न समेत मोटरसाइकल चालकहरुलाई सुझाव दिए।

महाशाखाले रबिन्द्र परियार, मनिस सिंह, बिक्रम पण्डित, सुजन खड्का, सञ्जिब अर्याल, मिलन गुरुङ, बम बहादुर बिक, आशिष पराजुली, पासाङ मोक्तान, दिनेश लामा, हरिहर बोगटी, गोपाल श्रेष्ठ, रुपेश पाण्डे, अच्यूत सिलवाल, श्याम बहादुर खाती, सुशील राणा, प्रकाश गुरुङ, सन्तोष बराल, राजेन्द्र श्रेष्ठ, निर्मल कुमार साह, अर्जुन तामाङ, बासुदेव पोख्रेल, चुडामणि सापकोटा, कुमार श्रेष्ठ र ङ्युडुप दोर्जे लामालाई हराएको मोटरसाइकल जिम्मा लगाएको छ।

महाशाखाले यस आव ०७७/७८ मा २३३ वटा मोटरसाइकल अनुसन्धानको लागि नियन्त्रणमा लिई सम्बन्धित धनी पत्ता लगाई १९६ वटा मोटरसाइकल जिम्मा लगाइ सकेको छ भने चोरीमा संलग्न ३९ जना व्यक्तिहरूलाई समेत पक्राउ गरी चोरी मुद्दा चलाईसकेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए।

आज मोटरसाइकल हस्तान्तरण कार्यक्रममा सादा पोशाकमा खटिइ चोरसहित हराएका मोटरसाइकल पक्राउ गरी चोरी नियन्त्रण कार्यमा उत्कृष्ट कार्य गर्ने पीडित सहायता इकाइमा कार्यरत प्रहरी हवल्दार जिवराज पछाई र प्रहरी जवान हस्तबहादुर मगरलाई पुरस्कृत समेत गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad