कैलालीबाट तीनदिन पहिले हतकडीसहित भागेका व्यक्ति पक्राउ परेका छन्।
माघ १७ गते राति पक्राउ गरेर प्रहरी कार्यालय लैजाँदै गर्दा भागेका जोशीपुर गाउँपालिका ७ का २७ वर्षीय सुरेन्द्र शाहीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
मनकापुरबाट एक ग्राम तीन सय पचास मिलीग्राम लागू औषध खैरो हेरोइनसहित फेला पारी उनलाई ईलाका प्रहरी कार्यालय जोशीपुर कैलाली लैजाने क्रममा राती करिव साढे ९ बजे लक्कड भन्ने स्थानबाट हतकडीसहित भागेका थिए।
उनलाई कैलालीको धनगढी उपमहानगरपालिका १ पार्कमोड नजिकैबाट प्रहरीले पुनः पक्राउ गरेको हो।

प्रतिक्रिया