ad ad

समाज


रकम नभएको खाताको चेक दिएर १० लाख ठगी गर्ने पक्राउ

रकम नभएको खाताको चेक दिएर १० लाख ठगी गर्ने पक्राउ

नेपालखबर
माघ १२, २०७७ सोमबार १०:३५,

प्रहरीले बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ बस्ने वर्ष ३८ का कृष्णलाल ढोला रहेका छन्।

ढोलाले आफ्नो खातामा पर्याप्त रकम नभएको जान्दा जान्दै सुभ कुमारी मगरलाई ज्योति विकास बैंकको १० लाख रुपैयाँको चेक दिएर ठगी गरेको प्रहरीले जनाएको छ।

सोही आरोपमा उच्च अदालत पाटनको मिति २०७६ मंसिर २३ गतेको फैसलाले ढोलालाई नौ दिन कैद र रु. १० लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो।

उल्लेखित सजाय वेरुजू रही फरार रहेका उनलाई आइतबार अनामनगरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज भक्तपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .