समाज


रुप्सी पराजुलीले पाइन् १० हजार डलरको छात्रवृत्ति

रुप्सी पराजुलीले पाइन् १० हजार डलरको छात्रवृत्ति

नेपालखबर
माघ ६, २०७७ मंगलबार ११:५०,

नेपाली युवा रुप्सी पराजुलीले ‘जोन्टा इन्टरनेशनल जेन एम क्लाउसम्यान वुमन इन बिजनेस’ छात्रवृत्ति पाएकी छिन्।

यो छात्रवृत्ति जोन्टा इन्टरनेशनलले आर्थिक सहयोग गरेको कार्यक्रम हो। जोन्टा इन्टरनेशनल सेवा र वकालतको माध्यमबाट विश्वभरका महिलालाई सशक्तीकरण गर्ने पेशेवरहरुको ग्लोबल संस्था हो।

पराजुलीले जोन्टा क्लब काठडमौंमा यसका लागि आवेदन दिएकी थिइन्। यो क्लबको नेतृत्व अध्यक्ष सीमा गोल्छाले गरिरहेकी छिन्। आवेदनसँगै क्लबले उनलाई जिल्लास्तरमा मनोनयन गरेको थियो। जहाँ उनी जोन्टा डिस्ट्रिक्ट २५ मा विजय भएकी हुन्।

त्योसँगै इन्टरनेशनल जेएमके छात्रवृत्तिका लागि मनोनयनमा परेकी हुन्।

रुप्सी विराटनगरकी हुन्। हाल काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा तेस्रो वर्षको स्नातक विद्यार्थी हुन्।

अध्ययनबाहेक उनी सन् २०१९ देखि इन्टरनेशनल युथ अलायन्स फर पीस (आईवाईएपी) नेपालको लागि कन्ट्री निर्देशकको रूपमा कार्यरत छिन्। जहाँ एसडीजीसम्बन्धी नयाँ कार्यक्रमहरू पहिचान, अवधारणा र पहल गर्ने उनको मुख्य भूमिका रहेको छ।

यसबाहेक, उनी हुमन अफ काठमाडौंकी संस्थापक सदस्यहरूमध्ये एक र लेखिका पनि हुन्। उनी एक्सप्लोर आईडियाको सह–संस्थापक हुन्। यीबाहेक उनी जीपीएफ र एफपीएएन नेपालमा युवा स्वयम्सेवाको रूपमा पनि संलग्न छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad