समाज


९ महिनादेखि बन्द रहेका दिल्लीका विद्यालय सोमबारबाट खुल्ने

९ महिनादेखि बन्द रहेका दिल्लीका विद्यालय सोमबारबाट खुल्ने

नेपालखबर
माघ १, २०७७ बिहिबार १:३८,

भारतको दिल्ली प्रदेश सरकारले विद्यालयमा अध्ययन अध्यापन कार्य शुरु गर्ने निर्णय गरेको छ।

भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको हो।

दिल्ली सरकारले हाल कक्षा १० र १२ को पढाई सुरु गर्ने निर्णय गरेको छ। अन्य कक्षाको बारेमा भने केही बताइएको छैन।

विद्यार्थीलाई विद्यालय पठाउने वा नपठाउने बारेमा अविभावकले नै निर्णय गर्न पाउने र विद्यालय पठाउनै पर्ने अनिवार्य नगरिएको पनि अधिकारीहरूले जनाएका छन्।

विद्यालय आएका र नआएका विद्यार्थीहरूका बीचमा विद्यालयले कुनै भेदभाव नगर्ने पनि सरकारी अधिकारीहरूले स्पष्ट पारेका छन्।

विद्यालयहरू यही जनवरी १८ तारिखदेखि सञ्चालन गर्ने तयारी भएको पनि उनीहरूले जानकारी दिएका छन्।

दिल्लीमा गत वर्ष सन् २०२० को मार्चदेखि विद्यालय बन्द गरिएका थिए। कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि बन्द गरिएका विद्यालयहरू अहिले वार्षिक परीक्षालाई मध्यनजर गर्दै खोल्न लागिएको हो।

भारतका अन्य कतिपय प्रदेशहरूमा भने केही समय अगाडिदेखि पठन पाठन सञ्चालन गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण कम देखिएका ठाउँहरूमा पढाइ सञ्चालन गरिएको हो।

दिल्ली सरकारले भने अहिले परीक्षाको तयारी र अभ्यास कार्यका लागि मात्रै विद्यार्थीहरूलाई विद्यालय बोलाउन लागिएको स्पष्ट पारेको छ। नयाँदिल्लीमा मात्रै अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन हजार १७९ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad